अभिनेता पल शाहलाई रियल हिरो को सम्मान, फ्यानले गरे यतिधेरै तारिफ…



कोरोना महामारीको कारण यतिबेला देश अस्तव्यस्त भएको छ । हरेक क्षेत्रहरु राम्रोसँग खुलेका छैनन् । यस्तो अवस्थामा दैनिक मजदुरी गरेर घर परिवार चलाउने मजदुरको लागि त झन् निकै नै गाह्रो भैरहेको छ । कोरोनाको कहर रहिहदाँ केहीसमय गएको बाढी पहिरोको कारण देशको विभिन्न क्षेत्रहरु विस्थापित भएका छन् । यस्तो नेपाली सिने जगतका कलाकाहरु निरन्तर सहयोगमा जुटिरहेका छन् ।

तर कोरोना महामारी सुरु भएदेखि नै अभिनेता पल शाह भने भोक प्यास नभनी निरन्तर जनताको सेवाको लागि खटिइरहेका छन् । उनले यस्तो महामारीको अवस्थामा आफ्नो ज्यानको परवाह नगरी अरुको लागि सोचेका छन् । यसैकारण हालै अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयर बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।

महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो ।

सम्मान ग्रहण गर्दा पल खुसीसँगै भावुक पनि भएका थिए । उनले आगामी दिनमा पनि आफू निरन्तर सामाजिक काममा अग्रसर भैरहने बताएका छन् । पललाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । पलले यो सम्मानले आफूलाई आगामी दिनमा अझ राम्रोसँग काम गर्ने हौसला मिलेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्