६० बर्ष कटेका चलचिकर्मीलाई अब राज्यबाट भत्ता सुविधा दिइने



चलचित्र विकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिने निर्णय गरेको छ ।

२१ औँ स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ ।

नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनको मुख्य उदेश्यले २०५७ साल आषाढ १६ विधिवत रुपमा स्थापना भएको चलचित्र विकास बोर्डले रहेका बर्ष आफ्नो स्थापना दिवसमा राष्ट्रिय चलचित्र पुरस्कार समेत प्रदान गर्दै आएको थियो ।

बोर्डले कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्र सम्बन्धि व्यवस्थाका साथै काठमाडौं नजिकै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण काम अघि बढेको समेत बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्