बाढी प्रभावित बालबालिकाको शिक्षाको लागि आर्थिक सहयोग जुटाउँदै नायिका बर्षा



केहीसमय अघि भारी बर्षाका कारण आएको बाढी पहिरोले यतिबेला सिन्धुपाल्चोकको अवस्था निकै नै बिग्रिएको छ । विभिन्न स्थानमा आएको बाढी र पहिरोको कारण हजारौ मानिसहरु प्रभावित भएका छन् । त्यसका साथै कयौँ बालबालिकाको शिक्षामा समेत असर परेको देख्न सकिन्छ ।

यसैबिच नेपाली सिने जगतकी चर्चित नायिका बर्षा सिवाकोटीले ती बालबालिकाको शिक्षाको लागि सहयोग अभियान सुरु गरेकी छिन् । हालै दिएको एक अन्तवार्तामा बर्षाले भनेकी छिन्–‘धेरै बालबालिका कोभिड र प्राकृतिक विपत्तीका कारण अध्ययनबाट विमुख छन् । उनीहरुको भविष्य सुनिश्चित बनाउन मैले केही योजना अगाडि बढाएकी हुँ ।’

वर्षाले हालसम्म आफूले २ लाख रुपैयाँ जुटाइसकेको समेत बताएकी छिन् । अध्ययनबाट विमुख भएका बालबालिकाको हितमा यो रकम सहयोग गर्ने उनको भनाई छ ।

वर्षाले विभिन्न मानिसहरुबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा सही क्षेत्रमा लगानी गर्नु आफ्नो कर्तव्य भएको बताइन् । साथै बर्षाले सबैलाई आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्नको लागि अपिल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्