वैवाहिक बन्धनमा बाधिइन् नायिका सन्ध्या केसी



नायिका सन्ध्या केसीले प्रेमी आभूषण ज्योती कंसकारसँग विवाह गरेकी छिन् । सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गर्दै सन्ध्याले आफ्नो वैवाहिक जीवनबारे जानकारी दिएकी हुन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ भन्दै उनले आभूषण ज्योती कंसकारसँग बिहे गरेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।

कोरोनाका महामारीका कारण सन्ध्याले धार्मिक परम्परा अनुसार भने बिहे गर्न नपाएको बताएकी छिन् । उनले माहोल अलि सामान्य भएपछि फेरि धार्मिक रुपमा नै विवाह गर्ने योजना भने रहेको खुलाएकी छिन् । साथै आजका दिनदेखि आफूहरु एकल रुपमा अगाडि नबढ्ने भन्दै सन्ध्याले सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

हाम्रो तर्फबाट पनि सन्ध्यालाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्