थप २,४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु, २ हजार ५१८ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २ हजार ५१८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्