मेलम्चीका बाढी प्रभावितलाई सहयोग वितरण गर्दै नायिका पूजा र श्वेता



केहीदिन देखि निरन्तर परिरहेको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोको कारण ठूलो जनधनको क्षति भैरहेको छ । विशेष बाढी पहिरोको कारण सिन्धुपाल्चोकको मेलम्ची बढी प्रभावित भएको छ । यतिबेला सिन्धुपाल्चोकका कयौँ मानिसहहरु घरवार बिहिन भएका छन् ।

यसबिच नेपाली सिने जगतका कलाकारहरु बाढी पहिरोका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न लागिपरेका छन् । नायिकाद्धय पूजा शर्माले आज बाढी प्रभावितहरुको लागि सहयोग वितरण गर्ने जानकारी दिएकी छिन् ।

सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंमा कलाकारिता गरिरहेकी यी नायिकाले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गरेकी छिन् ।

उनले, आफ्नो र आफ्ना साथीहरुको क्षमताले भ्याएसम्म केही सामान लिएर शुक्रबार सिन्धुपाल्चोक जान लागेको उल्लेख गरेकी छिन् ।

यस्तै, नायिका स्वेता खड्काले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै शुक्रबार सहयोग वितरण गर्न जाने तयारी गरेकी छिन् । स्वेताले समस्यामा परेकाहरुको लागि आफूले खाद्यान्न सहयोग गर्न लागेको जानकारी दिएकी छिन् । यी दुई नायिकाले यसअघि पनि कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दैै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्