सुशान्तलाई सम्झदैँ रियाले भावुक हुदैँ भनिन्- ‘प्लिज फर्केर आउ’



बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गतबर्षकको जून १४ तारिखमा आत्महत्या गरेका थिए । अस्ति उनले संसार छोडेको एक बर्ष पुरा भयो । सुशान्तले छोडेर गएको १ बर्ष पुरा हुदाँ धेरै बलिउड सेलिब्रेटीले उनलाई सम्झिएका थिए । यसैबिच सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा जेल समेत गएकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले पनि उनलाई सम्झिएकी छिन् ।

उनले सुशान्तको यादमा सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेसँगै पुनः एकपटक चर्चामा आएकी छिन् ।

उनले लेखेकी छन्, “म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पीडाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पीडा दिन्छ । तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।”

उनले उक्त स्ट्याटसमा सुशान्तबिना उनको जिन्दगी नै नरहेको बताएकी छन् । उनले लेखेकी छन्, “तिमी बिना जिन्दगी नै छैन । तिमी जिन्दगी नै आफूसँग लिएर गयौ । यो खाली पन कसैले भर्न सक्दैन । तिमी बिना म एक्लै भएकी छु । मेरो स्वीट सनशाइन ब्वाइ, म तिमीलाई हरेक दिन मालपुवा दिन र क्वान्टम फिजिक्सको सबै किताब पढ्ने बाचा गर्छु । कृपया तिमी फर्केर आउ ।”

रियाको स्टाटसमा दर्शकले मिश्रिमत खालको प्रतिक्रिया दिइरहेका छन् । कत्तिले रियाको सपोर्ट गरेका छन् भने कत्तिले रियामाथि नराम्रो कमेन्ट पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्