हर्षवर्धनले प्रेमको खुलासा गरिदिएपछि रिसाउँदै कटरिनाले भनिन्, ‘मेरो निजी जीवनबारे बोल्ने अधिकार कसैलाई छैन’



बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री कटरिना कैफ बेला बेलामा आफ्नो प्रेमका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् । यतिबेला पनि आफ्नो प्रेमका कारण नै चर्चामा छिन् । केहीदिन अघिमात्र अभिनेता हर्षवर्धनले कटरिना केही समयदेखि अभिनेता विक्कि कौशलको प्रेममा रहेको खुलासा गरिदिएका थिए ।

हुन त यसअघि पनि विक्कि र कटरिनाको प्रेमको चर्चा नचलेको होइन, तर कसैले पनि विक्कि र कटरिनाको अफेयरबारे ठोकुवा नै भने गरेका थिएनन् । हर्षवर्धनले खुलासा गरेसँगै सामाजिक सञ्जालमा यसबारे निकै नै चर्चा पायो । जसको कारण कटरिना निकै नै रुष्ट भएकी छिन् ।

पहिलो कुरा त कटरिनाको हर्षवर्धनसँग त्यति नजिकको सम्बन्ध छैन । त्यसमाथि पनि कसैको निजी जीवनबारे उसको अनुमति बिना बोल्नु त्यति उचित हुदैँन । कटरिनालाई पनि हर्षवर्धनको यहि कुराले निराश बनाएको हो । उनले हर्षवर्धनलाई आफ्नो बारेमा त्यसरी मिडियामा आएर बोल्न जरुरत नभएको भन्दै रुष्ट भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्