अचानक मुटुमा समस्या देखिएपछि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना



वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार राति अचानक मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको हो ।

शनिबार उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको उनका छोरा यमन श्रेष्ठले जानकारी दिएका छन् । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

साथै छोरा यमनले अहिले मदनको स्वास्थ्यमा केही सुधार आएको पनि बताएका छन् । स्मरण रहोस् मदनकृष्णको डेढ वर्ष मुटुको एन्जियोप्लास्टी गरी एउटा स्ट्यान्ड राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्