पार्टी एकताको लागि जेठ २ मा फर्किने प्रधानमन्त्री ओलीको घोषणा



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउन २०७५ जेठ ३ अघिको अवस्थाबाट अगाडि बढ्न तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन्।

ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका हुन्। ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा मै क्रियाशील हुने बताएका छन्।

आइतवार राती पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने समेत प्रष्ट पारेका छन् । यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

अध्यक्षकाे विशेष आह्वान

प्रतिक्रिया दिनुहोस्