प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक



काठमाडौं । पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले भने । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्