लकडाउनको समयमा घुम्न निस्किएपछि टाइगर र दिशाविरुद्ध मुद्धा दर्ता



बलिउडको चर्चित जोडी टाइगर श्राफ र दिशा पटानी एकपटक फेरि विवादमा तानिएका छन् । कोरोनाका कारण भारतको धेरै ठाउँमा अहिले पनि लकडाउन कायम नै छ । यस्तो बेलामा टाइगर र दिशा मुम्बईमा जुन १ तारिखमा घुमफिर गरिरहको भेटिए ।

त्यसैकारण उनीहरु विरुद्ध एफआइआर दर्ता गरिएको हो ।यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । अब भने प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको छ ।

भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए । टाइगर कारको पछाडि सिटमा बसेका थिए भने दिशा अगाडि सिटमा बसेकी थिइन् । दुई कलाकारको आधार कार्ड चेक गरेर प्रहरीले उनीहरुलाई छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्