कोरोनाका कारण समस्यामा परेका पत्रकारलाई अमिताभले गरे आर्थिक सहयोग



बलिउडमा महानायकको रुपमा परिचित अमिताभ बच्चन कोरोनाका कारण समस्यामा परेका सर्वसाधारणको सहयोगमा जुटेका छन् । केहीसमय अघिमात्र अमिताभले २२ करोड रुपैया दान गरेका थिए । अहिले फेरि उनले कोरोनाको कहरले आर्थिक संकटमा परेका पत्रकारहरुको मदत गरेका छन् ।

कोरोनाको कारण कयौ फ्रिलाइन्सर पत्रकार तथा फोटोग्राफर काम नभएको कारण आर्थिक समस्यामा रहेका थिए ।

भारतीय मिडियाको अनुसार बच्चनले हालै कयौ त्यस्ता पत्रकारको खाना, बिजुलीको बिल, घरको भाडा, बच्चाको फिसलगायत आवश्यक आधारभुत आवश्यकता सबै पुरा गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्