गायिका सुनिधि चौहानको खुलासा : ‘इन्डियन आइडल’ मा प्रतियोगीको झुटो तारिफ गर्न लगाइन्छ



पछिल्लो केही समयदेखि भारतको सर्वाधिक लोकप्रिय रियालिटी शो इन्डियन आइडल विवादमा तानिरहेको छ । यो शो को जज देखि होष्ट सम्मको विषयमा विवाद उब्जिरहेको बेलामा गायिका सुनिधि चौहनले शो बारे नयाँ खुलासा गरेकी छिन् ।

सबैलाई यथावत नै होला सुनिधिले इन्डियन आइडलको सिजन ६ र ७ जज गरेकी थिइन् । त्यसपछि उनले आफ्नो खुसीले शो छोडेकी हुन् । हालैमात्र दिएको एक अन्तवार्तामा सुनिधिले शो मा निर्माताले प्रतियोगीहरुको झुटो तारिफ गर्न लगाउने भएकाले आफूले त्यस्तो गर्न नसकेकाले शो छोडेको बताएकी छिन् ।

हुन त यसअघि पनि इन्डियन आइडल लाई लामो समयसम्म जज गरेका गायक सोनु निगमले यसबारे बताएका थिए । अहिले सुनिधिले फेरि इन्डियन आइडलबारे बताउँदा एकपटक शो पुनः विवादमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्