कोरोना संक्रमितको लागि अक्सिजन सिलिन्डर लिएर दाङ पुगे अभिनेता पल



नेपाली सिने जगतका सर्वाधिक चर्चित अभिनेता पल शाहले पहिलो चरणको कोरोनाको समयमा नेपाली चलचित्रका प्राविधिकलाई आर्थिक सहयोगदेखि राहत सम्म वितरण गरेका थिए । दोस्रो लहरको कोरोनाको महामारी आएपछि निशेधाज्ञा भएपछि पनि पल निरन्तर सामाजिक कार्यमा लागिरहेका छन् ।

उनले राहत वितरणदेखि अक्सिजन सिलिन्डर वितरण गर्नेसम्मको सहयोग गरिरहेका छन् ।

उनै, पल शाह अक्सिजन लिएर दाङ पनि पुगेका छन् । दाङको अस्पतालमा पनि अक्सिजन सिलिन्डर पुर्याएका पल लेख्छन्–‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस् । हामी निरन्तर, सेवामा छौं ।’

पलसँगै अन्य नेपाली सिने जगतका कलाकारहरु पनि निरन्तर कोरोना पिडितको सययोगमा लागिपरेका छन् । फ्यानले उनको कामको निकै नै प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्