नायिका मनिषा कोइरालाले गरिन् अस्पताललाई भेन्टिलेटर सहयोग



नेपालमा कोरोनाको महामारी बढेसँगै नेपाली सिने क्षेत्रका कलाकार निरन्तर सहयोगमा जुटेका छन् । यसैबिच नायिका मनिषा कोइरालाले विरगञ्जको नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् ।

मनिषाले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् । मनिषाले यो जोखिमको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

यस्तै फ्यानले पनि मनिषाको यो सहयोगको खुलेर प्रशंसा गरिरहेका छन् ।नायिका मनिषा कोइरालाले गरिन् अस्पताललाई भेन्टिलेटर सहयोग

प्रतिक्रिया दिनुहोस्