अर्को हप्ताबाट पुनः प्रशारणमा आउँदै ‘द भ्वाइस अफ नेपाल सिजन ३’



दर्शकमाझ सर्वाधिक लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपाल को प्रशारण अघिल्लो हप्ताबाट रोकिएको थियो । कोरोनाको महामारीको कारण निषेधाज्ञा भएको भएपनि द भ्वाइस को प्रशारण रोकिएको थिएन । तर टिमका केही सदस्य र कोचमा कोरोना देखिएपछि अघिल्लो सातादेखि द भ्वाइस को प्रशारण रोकिएको थियो ।

अर्को हप्ताबाट पनि विभिन्न सावधानीका उपाय अपनाएर द भ्वाइस को पुनः प्रशारण गरिने शो का होष्ट तथा निर्माता सुशिल नेपालले जानकारी दिएका छन् ।

दर्शकले निकै मन पराएको यो शोको १८ भाग प्रशारण भैसकेको छ । हिमालय टीभी एचडीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

शोको ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ । आउँदो साताका लागि प्रशारण हुने नकआउट भागको छायांकन भैसकेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्