नेताहरुप्रति गुनासो पोख्दै निताले भनिन्, ‘यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ’



नायिका निता ढुगांना बेला बेलामा सामाजिक सञ्जालमा आफ्नो मनमा लागेका कुराहरु व्यक्त गर्ने गर्छिन् । उनले हालैमात्र पनि एक स्टाटस मार्फत गुनासो पोखेकी छिन् । बजारमा करिब १ बर्षदेखि निता ज्योतिष तथा कलाकार हरिह अधिकारीको प्रेममा रहेको हल्ला छ । उनै हरिहरका पिताले कोरोनाका कारण २ दिन अघिमात्र संसार छोडे ।

हरिहरको पिताले समयमा नै उपचार नपाएका कारण निधन भएको उल्लेख गर्दै निताले नेताहरुप्रति गुनासो पोखेकी छिन् । उनले सधैँ यो देशको नागरिक भएकोमा गर्व गर्ने गरेको तर आज देशको स्थिति हेर्दा यो देशमा किन जन्मिए होला भन्ने महशुस भैरहेको बताएकी छिन् ।

उनले अहिले जनतालाई संकटबाट बचाउनुको सट्टा नेताहरु कुर्सीको लागि मात्र लडिरहेको देख्दा आफूलाई लज्जास्पद महशुस भैरहेको बताएकी छिन् । उनले कोरोनाको कारण आफ्नो नजिकको अग्रजलाई गुमाएको गुनासो पोख्दै उहाँले समयमा नै उपचार पाउनु भएको भए आज यो दिन देख्नु नपर्ने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्