अभिनेता रमित ढुगांनाले बाल आश्रमलाई गरे १ लाख सहयोग



नेपालमा कोरोनाको महामारी बढिरहदाँ देशका विभिन्न स्थानमा रहेका बाल आश्रमहरु प्रभावित भएका छन् । विभिन्न दाताहरुको सहयोगबाट चलिरहेका बाल आश्रमहरु प्रभावित हुन थालेपछि बाल आश्रममा रहेका बालबच्चाको पनि विचल्ली हुन थालेको छ ।

यसबिच केही नेपाली कलाकारहरुले आफूले सकेको सहयोग गरिरहेका छन् । अमेरिकामा बस्दै आएका अभिनेता रमित ढुगांना निषेधाज्ञा हुने १ हप्ता अगाडी मात्र नेपाल आएका हुन् । नेपाल आएदेखि नै उनी लगातार कोरोनाबाट समस्यामा परेकाहरुको सहयोगमा जुटिरहेका छन् ।

यसैबिच अभिनेता रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’लाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

विगत १३ बर्षदेखि यो संस्था चलाइरहेकी श्वेता केसीलाई नायक ढुुंगानाले एक लाख नगद सहयोग गरेका हुन् ।

उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरु आश्रित रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्