थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, १४५ को मृत्यु, ६ हजार ७ सय १६ जनाले जिते कोरोना



पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्