कोरोना पिडितको लागि गायक रामकृष्ण ढकालले जुटाए १८ लाख



चर्चित गायक रामकृष्ण ढकालले कोरोना संक्रमितको उपचारका लागि १८ लाख सहयोग जुटाएका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले १८ लाख कोरोना पिडितको लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका हुन् ।

रामकृष्ण ढकालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे जानकारी दिएका हुन् । उनले सहयोगको रकम पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको जानकारी दिएका छन् ।

केही अगाडि एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका ढकालले सहयोगको रकम अमेरिकामा रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुबाट जुटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्