ज्योतिष तथा कलाकार हरिहर अधिकारीलाई पितृशोक



युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारीलाई पितृशोक परेको छ । हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण निधन भएको बताइएको छ । केही समयअघि हरिहरको पुरा परिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर हरिहरका पितालाई भने धेरै गाह्रो भएपछि विगत २० दिनदेखि उनको उपचार भैरहेको थियो । उपचारका क्रममा हरिहरका पिताको निधन भएको हो । हरिरहका पिता लामो समयदेखि ज्योतिष पेशामा आबद्ध थिए । बुबाबाटै प्रेरणा पाएर हरिहर पनि ज्योतिष पेशामा लागेका हुन् ।

कलाकारको रुपमा भने उनले चलचित्र शुभलभ बाट डेब्यु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्