गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक



काठमाण्डौं । गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ ।

अमृत उपाध्ययको छायाँकन, कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । “बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्