अभिनेता दिलिप रायमाझी र रमित ढुगांनाले भुटानी शरणार्थीलाई गरे राहत वितरण



नेपालमा कोरोनाको महामारी बढेसँगै नेपाली सिने जगतका कलाकार सामाजिक कार्यमा लागिरहेका छन् । धेरै कलाकारहरुले कोरोनाबाट समस्यामा परेकाहरुलाई आफूले सकेको सहयोग गरिरहेका छन् । यसैबिच कुनै समयका सर्वाधिक चर्चित अभिनेता दिलिप रायमाझी र रमित ढुगांनाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यान्न वितरण गरेका छन् ।

पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट राहत पुर्याएका हुन् ।

शिविरमा प्रति व्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले आफुले खाद्यान्न वितरण गरेको अभिनेता रायमाझीले बताए ।

त्यसका साथै राहत वितरण गर्ने क्रममा भुटानी शरणार्थीहरुले नेपाली नागरिकताको समेत माग गरेको अभिनेता दिलिप रायमाझीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्