फेरि सामाजिक सञ्जालमा सोनुको चर्चा : बेराजगारीलाई दिलाए जागिर



कोरोनाको महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनु सुद सामाजिक कार्यमा निरन्तर लागिरहेका छन् । उनले कोरोनाको पहिलो लहरमा धेरै अलपत्र परेका मानिसहरुलाई उनीहरुको घरसम्म पुर्याइदिएका थिए । उनलाई आजभोली भारतीय जनताले रियल हिरो भनेर चिन्न थालेका छन् ।

सोनुले एकपछि अर्को सामाजिक काम गरिरहेका छन् । यसैबिच उनले बेरोजगार युवकलाई आफ्नो सिफारिसमा जागिर दिलाइदिएका छन् । आफूसँग सहयोग माग्ने कसैलाई पनि सोनुले निराश बनाएका छैनन् ।

त्यतिमात्र नभएर उनले मानिसहरुलाई अक्सिजन, इन्जेक्सन र अस्पतालमा बेड दिलाउन समेत सहयोग गरिरहेका छन् । एक दिन पहिले मात्र उनले आन्द्र प्रदेशमा कुरनुर अक्सिजन प्लान्ट सेट स्थापना गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्