गायक हेमन्त रानाले अमेरिकामा प्रेमिका मायासँग गरे विवाह



हेमन्त राना युवापुस्तामाझ चर्चित गायक हुन् । उनले अमेरिकामा प्रेमिका माया अधिकारीसँग बिहे गरेका हुन् । एक अन्तवार्तामार्फत हेमन्तले आफ्नो विवाहबारे जानकारी दिएका हुन् । हेमन्तले मायासँग आफू साढे २ बर्षदेखि प्रेममा छन् । दुईको विवाह परिवारको सहमति अनुसार क्रिस्चियन परम्परा अनुसार भएको हो ।

‘सुन साइँली’ बोलको गीत गाएपछि चर्चामा रहेका हेमन्त केही बर्ष अगाडि अमेरिका पुगेका थिए । उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । हेमन्तका अनुसार माया नर्सिङ पढिरहेकी छिन् ।

यतिबेला हेमन्तलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ । हेमन्त र मायालाई हाम्रो तर्फबाट पनि वैवाहिक जीवनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्