थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० को मृत्यु



पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

यस्तै बितको २४ घण्टामा कोरोनाका कारण १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्