कोरोना संक्रमितको उपचारको लागि बलिउड अभिनेत्री प्रियंकाले जुटाइन् २२ करोड



बलिउड तथा हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाले भारतमा कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि सहयोग कोष स्थापना गरेकी थिइन् ।

उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् ।

प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिदैँ खुसी व्यक्त गरेकी छिन् । प्रियंककाको यो अभियानमा हलिउडका गायक गायिका, कलाकारदेखि अन्य धेरै मानिसले सहयोग गरेका छन् ।

उनले लेखेकी छिन्–‘हामीले ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौ । यो रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ । ’

प्रतिक्रिया दिनुहोस्