कोरोना पिडितको लागि अक्सिजन जुटाउन नाजिरले गरे १ लाख सहयोग



युवापुस्तामाझ निकै लोकप्रिय अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितको लागि अक्सिजन जुटाउन १ लाख सहयोग गरेका छन् ।

उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् । संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

नाजिरले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । उनले अहिले देश संकटको अवस्थामा रहेकाले हर कोहीले आफूले सकेको सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।

‘दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’ फ्यानले नाजिरको यो कामप्रति निकै नै तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्