कोरोना पिडितका लागि अभिनेता पुष्प खड्काले गरे ५० सिलिन्डर अक्सिजन सहयोग



नेपालमा कोरोना संक्रमण बढिरहेको छ । यस्तोमा कोरोना पिडितहरुको लागि अक्सिन अत्यावश्यक देखिएको छ । नेपालमा धेरै कोरोना लागेका मानिसहरुले अक्सिजन नपाएका कारण नै ज्यान गुमाइरहका छन् ।

यसैबिच नेपाली सिने जगतका कलाकारहरुले यस्तो समयमा आफूले पनि केही गर्न आवश्यक रहेको सम्झदैँ आफूले सक्ने सहयोग गरिरहेका छन् । यस्तै पहिलेदेखि नै सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएका नायक पुष्प खड्काले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

पुष्पले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन् । पुष्पले भने–‘दैनिक अक्सिजनको अभावका कारण मानिसहरुले ज्यान गुमाइरहनु परेको छ । यस्तो अवस्थामा हरेक मानिसले आफूले सक्ने सहयोग गर्न आवश्यक छ ।’

पुष्पका फ्यानले उनको निकै नै प्रशंसा गरिरहेका छन् । पुष्पका साथै अभिनेता पल शाह, हाँस्य कलाकार केदार घिमिरे, हरिवंश आचार्य, अभिनेता निखिल उप्रेती पनि अहिलेको समयमा सामाजिक कार्यमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्