सलमानको ‘राधे’ लाई मिल्यो सबैभन्दा कम रेटिङ, २०२१ कै फ्लप चलचित्र साबित



बलिउड स्टार सलमान खानको चलचित्र हेर्न लामो समयदेखि दर्शकले प्रतिक्षा गरिरहेका थिए । अन्ततः इदको अवसर पारेर सलमानले मे १३ मा राधे रिलिज गरे । राधे दर्शकले निकै नै कुरिरहेको चलचित्र थियो । तर बिडम्बना चलचित्र हेरेपछि अधिकांश दर्शकले निराश भएको मात्र प्रतिक्रिया दिइरहेका छन् ।

लकडाउनका कारण यस फिल्मलाई ओटीटी प्लेटफर्म जी ५ मा रिलिज गरिएको थियो । तर रिलिज हुनअघि नै चर्चा बटुलेको यो फिल्मले सोचेजस्तो प्रतिक्रिया पाएन । सलमान र फिल्मका निर्माताहरुले जे अपेक्षा गरेका थिए, अहिले यति राम्रो समिक्षा यस फिल्मले बटुलेको छैन ।

आईएमडिबीमा यस फिल्मलाई राम्रो रेटिङ मिलेन । कुल १० रेटिङमा यसले केवल २ दशमलव १ रेटिङमात्रै पायो । जसको अर्थ सलमान खानको स्टारडम यसपटक पुरै फ्लप भयो । दर्शकको कुरा गर्ने हो भने अहिलेसम्म केवल ४२ लाख जनाले यो फिल्म हेरेका छन् ।

त्यतिमात्र होइन राधे लाई फ्यानबाट पनि सोचेजस्तो प्रतिक्रिया आइरहेको छैन । राधे २०२१ को डिजास्टर चलचित्र साबित भैसकेको छ । तर सलमानले आफ्नो वाचा भने पुरा गरेका छन् । उनले राधे को नाफाको केही प्रतिशत कोरोना पिडितको लागि दिने भनेका थिए । नभन्दै उनले चलचित्र फ्लप भएपनि पिडितको लागि सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्