हिन्दी भाषामा प्रदर्शनमा आउँदै ‘विर विक्रम २’



करिब २ बर्ष अघि प्रदर्शनमा आएको हिट चलचित्र विर विक्रम २ अब हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ ।

निर्देशक मिलन चाम्सले चलचित्रको क्लिप्स सामाजिक संजालमा शेयर गर्दै कोरोना महामारी जारी रहेको खण्डमा हिन्दी भाषमा डबिङ गरिएको चलचित्रलाई युटुबबाट रिलिज गर्ने जानकारी दिएका छन् ।

चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यो चलचित्रले मित्रताको कथा भन्छ ।

मिलनले चलचित्रको छोटो क्लिप सार्वजनिक गरेसँगै दर्शकले यो चलचित्र हिन्दी भाषामा हेर्न पनि आतुर रहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्