दिशाको मुखमा टेप लगाएर सलमानले गरे किस



बलिउडका सुपरस्टार सलमान खान चलचित्रमा नायिकासँग चुम्बन दृश्य दिदैँनन् । चुम्बन दृश्य दिनुपर्ने भएकाले उनले धेरै चलचित्र छोडेका समेत छन् । उनले चलचित्रमा चुम्बन दृश्य नदिने वाचा नै गरेका छन् ।

तर हालै सार्वजनिक चलचित्र राधे मा भने सलमान र नायिका दिशा पटानीको लिपकिस देख्न सकिन्छ । यसपछि धेरै फ्यानले सलमानले आफ्नो वाचा तोडेको बताइरहेका छन् । तर सलमानले भने आफ्नो वाचा नतोडेको बताएका छन् । उनले चलचित्रमा उक्त किस सिन आवश्यक रहेको तर आफ्नो वाचा नतोड्नको लागि नायिका दिशा पटानीको ओठमा टेप टालेर किस गरेको बताएका छन् ।

राधे भोलिबाट डिजिटल प्ल्याटफर्म मार्फत प्रदर्शनमा आउँदै छ ।

मे १३ बाट रिलिज हुन लागेको चलचित्र ‘राधे’लाई ओटीटी र केही हलमा रिलिज गरिनेछ । प्रभु देवाले निर्देशन गरेको यो चलचित्रमा सलमान, दिशाको साथमा ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्