कोरोनामुक्त भए गायक प्रकाश सपूत



केहीसमय अघि गायक प्रकाश समूतलाई कोरोना संक्रमण देखिएको थियो । प्रकाशसँगै प्रकाशका भाई देबेन्द्र बब्लूलाई पनि कोरोना संक्रमण देखिएको थियो । अहिले भने प्रकाश र उनका भाई दुबै कोरोनामुक्त भएका छन् ।

प्रकाशले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँड्न चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक रहन आग्रह गरेका छन् । यहि बैशाख १६ मा प्रकाशलाई कोरोना सक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्