बलिउड अभिनेता सलमानकी बहिनीहरु अर्पिता र अलवीरालाई कोरोना संक्रमण



बलिउड अभिनेता सलमान खानका दुवै बहिनी अर्पिता खान र अलवीरा अग्नीहोत्री कोरोना संक्रमित भएका छन् । सलमान स्वयमले एक अन्तवार्ता मार्फत यसबारे जानकारी दिएका हुन् ।

सलमानले आफ्नो बहिनीहरूमा कोरोना भएको जानकारी दिदै उनीहरुमा कुनै लक्षण समेत नभएको बताए ।

सलमानकी बहिनी अर्पिताले २०१४मा आयुुष शर्मासँग विवाह गरेकी थिइन् । आयुष पनि फिल्ममा सक्रिय छन् । अलवीरा खानले भने अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग विवाह गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्