चर्चामा जसिताको नयाँ लुक्स



चलचित्र लिलिबिली बाट नेपाली सिने जगतमा भित्रिएकी नायिका जसितागुरुङ को डिमाण्ड पछिल्लो समयमा बढ्दो छ । केहीसमय अघिमात्र जसिताले ‘आई एम ट्वान्टी वान’को छायांकन सकाइन् । यो चलचित्रमा अनुवन्धित भएपछि जसिताले सामाजिक संजालबाट आफूलाई टाढा नै बनाएकी थिइन् ।

यसैविच, लामो समयपछि नायिका गुरुङले सामाजिक संजालमा एउटा तस्वीर सार्वजनिक गर्दै लामो समयपछि आफूले आफ्नो लुक्स सार्वजनिक गरेको उल्लेख गरेकी छिन् ।

जसिताले लेखेकी छिन्–‘अन्ततः लामो समयसम्म लुकाएपछि मैले यो लुक्स सार्वजनिक गरेकी छु । सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’

जसिताको नयाँ लुक्सलाई दर्शकले निकै नै रुचाइरहेका छन् । सबैले उनलाई उक्त रुपले निकै नै सुहाएको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्