नायिका बर्षा राउतलाई कोरोना संक्रमण



नेपाली सिने जगतकी चर्चित नायिका बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्षा स्वयमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छिन् । उनले कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएपछि यतिबेला होम आइसोलेसनमा रहेको जानकारी दिएकी छिन् ।

बर्षाले आफ्नो गन्ध हराएको र खोकी लागिरहेको समेत जानकारी दिएकी छिन् । तर उनलाई त्यस्तो गाह्रो भएको छैन । बर्षाले आफू चाडैँ कोरोनालाई जितेर काममा फर्कने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्