स्थानीय तहले शिक्षकलाई दुःख दिए : शिक्षक महासंघ



काठमाडौं । नेपाल शिक्षक महासंघले कोरोना महामारीको समयमा पनि शिक्षक कर्मचारीहरुलाई अनिवार्य विद्यालय उपस्थित हुन उर्दी जारी गर्ने काम तत्काल बन्द गर्नुपर्ने माग राखेको छ ।

केही स्थानीय तहले विद्यालय बन्द भएपनि शिक्षक कर्मचारीहरु आवश्यकता अनुसार अनिवार्य उपस्थित हुनुपर्ने निर्णय गरेपछि शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेको हो ।

कोरोना विरुद्दको खोप नलगाएसम्म विद्यालय नजानसमेत महासंले आग्रह गरेको छ ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउने नेपाल शिक्षक महासंघका सदस्य शिक्षकका परिवारलाई संघीय कार्यसमितिको तर्फबाट तत्कालका लागि दश हजार रुपैयाँ उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्