प्रेमध्वजलाई सम्झदैँ अस्पतालबाट मदनकृष्ण श्रेष्ठले भने, ‘मैले आँशु थाम्न सकिनँ दाई’



वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमित भएपछि यतिबेला अस्पतालमा उपचार गराइरहेका छन् । केहीदिन अघिमात्र नेपाली सांगितीक जगतका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । मदनले अस्पतालबाटै प्रेमध्वज प्रधानलाई सम्झदैँ भावुक स्टाटस लेखेका छन् ।

मदनकृष्णले लेखेका छन्–‘वि।सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको आँखामा पनि नविझाउने मान्छे तिमी । मनमा मानबता भएको व्यक्ति तिमी । कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी संझेको छु ।’

मदनकृष्णले आफू फेरि पनि मेडिसिटी अस्पतालमा भर्ना भएको र कोरोनालाई जित्ने आत्मविश्वास आफूमा रहेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘चाडै निको हुनेछु र निको भएर अस्पतालमा वा बागबजार घरमा तिमीलाई भेट्न आउने सोचमा थिएँ । तर, तिमीले त हामी सबैलाई छोडेर पो गैसकेका रहेछौ । मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाई ।’

गायक प्रेमध्वज प्रधानको बिहिबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंकार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्