कोरोना बिरामीको उपचारको लागि बलिउड अभिनेता अजय देवगणले खोले निशुल्क आइसोलेसन सेन्टर



बलिउडका सर्वाधिक चर्चित अभिनेता अजय देवगण र आनन्द पण्डित दुईजना मिलेर मुम्बईका केही स्थानमा कोरोना केयर सेन्टर खोलेका छन् । त्यहाँ बिरामीहरुले निशुल्क सेवा पाउनेछन् ।

यस केयर सेन्टरमा आइसियु, अक्सिजनदेखि भेन्टिलेटरसम्मको सुविधा रहेको भारतीय मिडियाले जनाएको छ । पछिल्लो साता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।

अहिलेको समयमा अजयले यति राम्रो काम गरेकाले उनका फ्यानले उनको निकै नै तारिफ गरिरहेका छन् । भारतमा कोरोना महामारी बढिरहेको छ । यसमा कलाकारले आफूले सकेजति सहयोग गर्न अत्यावश्यक रहेको छ । अजयसँगै अन्य विभिन्न कलाकारहरुले पनि आफूले सकेजति सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्