बलिउड अभिनेत्री कगंना रनावतलाई कोरोना संक्रमण



बलिउडकी सर्वाधिक चर्चित नायिका कंगना रनावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छिन् ।

कंगनाले केहीदिन अघिमात्र कोरोना टेष्ट गराएकी थिइन् । टेष्ट गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ । कोरोना पोजेटिभ देखिएपछि अहिले उनी होम आइसोलेसनमा रहेकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।”

प्रतिक्रिया दिनुहोस्