परिवारका सदस्यको उपचार गराउने क्रममा दिपिका पादुकोण पनि कोरोना संक्रमित



केहीदिन अघिमात्र बलिउडकी सर्वाधिक चर्चित नायिका दिपिका पादुकोणको पुरा परिवारलाई कोरोना संक्रमण भएको समाचार आएको थियो । परिवारका सदस्यको उपचार गराउँदा गराउँदा दिपिका स्वयम कोरोना संक्रमित भएकी छिन् ।

दिपिका स्वयमले भने यसबारे कुनैपनि आधिकारीक जानकारी दिएकी छैनन् । सेलिब्रेटी पत्रकार विरल भायानीले दिपिकाको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

कोरोना पुष्टि भएपछि यतिबेला दिपिका होम आइसोलेसनमा रहेकी छिन् । उनको परिवारका सदस्यको भने अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्