बलिउड नायिका दिपिका पादुकोणको पुरा परिवारमा कोरोना संक्रमण पुष्टि



बलिउडकी सर्वाधिक चर्चित नायिका दिपिका पादुकोणको पुरै परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय मिडिया अनुसार दिपिकाका पिता प्रकाश पादुकोण, आमा उज्जवला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशका साथीका अनुसार दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।

दीपिकाको पिता बेङलोरको एक अस्पतालमा भर्ना भएका छन् । उनी आगामी सातासम्म डिस्चार्ज हुनेछन् ।

दिपिकाका पिताको रिपोर्ट पोजेटिभ आएपछि उनकी आमा र बहिनीको पनि टेष्ट गराइएको थियो । टेष्ट गराउँदा दुवैको रिपोर्ट पोजेटिभ आएपछि यतिबेला उनीहरु होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्