आमा बन्न डराउँछिन् भारती, यस्तो छ कारण…



भारती सिंह र हर्ष लिम्बाचिया बलिउउडका सफल र रुचाइएका कमेडियन हुन् । हुन् त प्रोफेसनले हर्ष राइटर हुन् तर आजभोली दर्शकले उनलाई कमेडियनको रुपमा नै बढी चिन्छन् । भारती त कमेडी क्वीन भइहालिन् ।

आजभोली यी दुईले कलर्स च्यानलबाट प्रशारणमा आउने गरेको डान्स दिवाने सिजन ३ होष्ट गरिरहेका छन् । यो शो राघव जुयालले होष्ट गर्दै आएका थिए । तर उनलाई कोरोना संक्रमण देखिएपछि भारती र हर्षले केही समयको लागि होष्ट गरेका हुन् ।

यसैबिच गतहप्ता प्रशारित एपिसोडमा भारतीले आफू आमा बन्न चाहेको तर अहिलेको माहोलका कारण निकै डराएको पनि बताएकी छिन् । वास्तवतमा गत हप्ता प्रशारित एपिसोडमा बलिउडका चर्चित कलाकार सोनू सुद गेष्टको रुपमा आएका थिए । आजभोली उनलाई रियल हिरो भनेर चिन्न थालिएको छ । उनले कोरोनाको महामारीको समयमा लाखौँ असहायलाई सहयोग गरेका छन् ।

शो मा एक डान्सरले कोरोनाका कारण आफ्नी १४ दिनकी छोरी गुमाएको कहानीमा डान्स गरेकी थिइन् । उक्त डान्स हेरेर भारती निकै भावुक हुन्छिन् । उनले आफू र हर्षले २०२० मा नै आमाबुबा बन्ने सोच बनाएको तर फेरि कोरोनाका कारण जोखिम लिन नचाहेको बताए । अहिले पनि भारती यहि महामारीका कारण आमा बन्न डराइरहेकी छिन् । उनी आफ्नो बच्चालाई केही नहोस् भन्ने चाहन्छिन् । त्यसैले अहिले आमा बन्ने चाहनालाई चाहेर पनि पुरा गर्न सकिरहेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्