फेरि एकपटक तस्बिरका कारण विवादमा प्रियंका, फ्यानले दिए यस्तो प्रतिक्रिया…



नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा निकै नै सक्रिय रहिरहने अभिनेत्री हुन् । अहिले उनी गर्भवती छिन् । गर्भवती भएदेखि त झन् उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले आफ्नो बेबी बम्प सहितको तस्बिर सेयर गरिरहेकी हुन्छिन् ।

यसबिच उनी आलोचित समेत हुने गरेकी छिन् । भर्खरै मात्र प्रियंकाले सार्वजनिक गरेको तस्बिरले एकपटक फेरि चर्चा बटुलिरहेको छ । तर केही दर्शकलाई भने उनको उक्त तस्बिर पटक्कै मन परेको छैन र प्रियंकालाई भद्धा कमेन्ट दिइरहेका छन् ।

तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ । उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

तस्बिर हेरेपछि धेरैले उनले सामाजिक सञ्जालको दुरुपयोग गरेको बताएका छन् भने कत्तिले अरुको सिको गरेको पनि बताएका छन् । तर प्रियंकाले भने यसबारे कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्