चर्चित हाँस्य कलाकार केदार घिमिरे(माग्ने बुढा) ले साथीहरुसँग मिलेर सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा



नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । अहिले कोरोना संक्रमित धेरै भएका कारण बिरामीलाई अस्पताल मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल हुन थालिसकेको छ ।

यसबिच नेपाली सिने जगतका चर्चित कलाकारहरुले सर्वसाधारणको सेवाको लागि अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । अभिनेता निखिल उप्रेती, हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा.सुवास घिमिरे लगायतको टिम मिलेर सो एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।

केदार घिमिरेले जानकारी दिए अनुसार अहिले उक्त एम्बुलेन्स सेवा उपत्यकाभित्र मात्र प्रवाह गरिएको छ । कलाकार घिमिरेले यो सेवा सबैको लागि भएको र एम्बुलेन्समा ३ वटा सम्म फोन नम्बर उपलब्ध भएकाले आवश्यक पर्नासाथ सम्पर्क गर्न सकिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्