कोरोनामुक्त भए बलिउड अभिनेता आमिर खान



केही समयअघि बलिउड अभिनेता आमिर खानमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर अहिले नी कोरोनामुक्त भैसकेका छन् र फिल्म छायांकनमा फर्किसकेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आमिरको लाल सिंह चढ्डा को छायांकन रोकिएको थियो ।

अहिले आमिर पूर्ण रुपमा स्वस्थ्य भएपछि चलचित्रको छायांकन पुनः सुरु भएको छ । चलचित्रको छायांकनका लागि आमिर लद्दाख पुगेका हुन् ।

लद्दाखमा आमिरले चलचित्रको छायांकन ४५ दिनसम्म गर्नेछन् । चलचित्रमा आमिरसँग नायक विजय सेतुपतिले काम गर्ने चर्चा थियो । तर, विजयले चलचित्रमा काम नगरेपछि नाग चैतन्यले सो भूमिका निर्वाहा गर्नेछन् । चलचित्रमा नायिका करिना कपुरको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्