कोरोना संक्रमणका कारण बलिउड अभिनेता विक्रमजीत कंवरपालको निधन



भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । कोरोनाका कारण धेरैले ज्यान पनि गुमाइरहेका छन् । यसैबिच कोरोना संक्रमणकै कारण ५२ बर्षका बलिउड अभिनेता विक्रमजीत कंवरपालको निधन भएको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार फिल्म निर्माता अशोक पण्डितले अभिनेताको निधनमा शोक व्यक्त गरेका छन् ।

भारतीय सेनाबाट सेवानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभिनय करियर सुरुवात गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंहः सेल्समेन अफ द ईयर’, ‘आरक्षण’, मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अटैक’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्