
मनीषा कोइराला ९० कि दशककी बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री हुन् । उनले बलिउडमा थुप्रै हिट फिल्महरु दिएकी छिन् ।
मनीषाले बलिउडमा डेब्यु सन् १९९१ मा प्रदर्शनमा आएको चलत्रिच सौदागर बाट गरेकी थिइन् । फिल्ममा मनीषाको अपोजिटमा राजकुमार र दिलीप कुमार देखिएका थिए ।
भारतीय मिडिया अनुसार यो फिल्मको छायांकनको क्रममा मनीषामाथि चलचित्र टिमका एक सदस्यले दुर्व्यवहार गरेका थिए । मनीषा नेपालका वरिष्ठ नेता वीपी कोइरालाकी नातिनी हुन् । आफूमाथि दुर्व्यवहार भएपछि मनीषाले यो कुरा आफ्नी आमालाई सुनाइन् र मनीषाकी आमाले तुरुन्त श्रीमान प्रकाश कोइरालालाई यो कुरा बताइन् ।
छोरीमाथि भएको दुर्व्यवहार थाहा पाएपछि प्रकाशले नयाँदिल्लीका एक वरिष्ठ नेतालाई फोन गरे । ती नेताले तत्कालीन प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई तुरुन्तै फोन गरेर सबै कुरा बेलीविस्तार लगाए ।
कुरा यत्तिमै टुगिंएको थिएन । प्रकाशले मनीषाको छायांकन भैरहेको ठाउँमा आफ्नो तागत लगाएर केही नेताहरुलाई पठाएका थिए । उनीहरुले त्यहाँ गएर घटनाबारे अनुसन्धान गरे र यो घटनालाई साम्य पारे ।
त्यसपछिका दिनमा मनीषाको पहुँच प्रधानमन्त्रीसम्म पुगेको देखेपछि उनलाई कसैले दुर्व्यवहार गर्ने हिम्मत नै गरेनन् ।





