नायिका सुपुष्पा भट्टले गरिन् प्रेमी रौनकविक्रमसँग इन्गेजमेन्ट



चलचत्रि ‘रणवीर’ बाट अभिनय यात्रा सुरु गरेकी नायिका सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छिन् । रौनकविक्रम चलचित्र निर्माता हुन् ।

सुपुष्पा र रौनकविक्रमको इन्गेजमेन्टबारे निर्देशक रामबाबु गुरुङले जानकारी दिएका हुन् । इन्गेजमेन्ट समारोहमा सुपुष्मा र रौनकविक्रमका परिवार र नजिकको आफन्त मात्र उपस्थित भएका थिए ।

यतिबेला सामाजिक सञ्जालमा सुपुष्पा र रौनकविक्रमलाई बधाई दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि सुपुष्पा र रौनकविक्रमलाई धेरै धेरै बधाई ।

प्रतिक्रिया दिनुहोस्